बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

मृत्युलाई आँखै अगाडि देखेर आएको हुँ, कसैसँग डराउँदिनः रवि लामिछाने

मृत्युलाई आँखै अगाडि देखेर आएको हुँ, कसैसँग डराउँदिनः रवि लामिछाने

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आँखा अगाडि मृत्यु देखेर आएकाले आफू कसैसँग पनि नडराउने बताएका छन् । आज (मंगलबार) सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा भरोसा गर्न लायक मान्छे नभएकाले आफू राजनीतिको फोहोर सफा गर्न मैदानमा आएको उनले बताए । उनले महलमा बसेर आराम गर्ने नेतृत्व फेर्नुको विकल्प नरहेको पनि बताए । उनले भने, ‘अब सङ्कल्प गरेर राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । देशको भविष्य निर्धारण गर्न विधिको शासन आवश्यक हुन्छ । विधि मिच्नेहरूबाट देशको भविष्य खोज्न सकिँदैन।’

उनले कुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको बताए । उनले अघि भने, ‘जो मान्छे यो पद भए मात्र आउँछु भन्छ, यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई यो पार्टीमा आउन दिन्न ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend