logo

२०८१ कार्तिक २९ बिहिबार

logo
  • बिहिबार, २९ कार्तिक २०८१
  • सत्तामा र विपक्षमा रहँदा एउटै शब्द उच्चारण हुने शपथग्रहणसम्बन्धी विधेयक ल्याउन माग

    सत्तामा र विपक्षमा रहँदा एउटै शब्द उच्चारण हुने शपथग्रहणसम्बन्धी विधेयक ल्याउन माग

    2.8K
    Shares
    सत्तामा र विपक्षमा रहँदा एउटै शब्द उच्चारण हुने शपथग्रहणसम्बन्धी विधेयक ल्याउन माग

     

    काठमाडौं । सत्तासीन दल नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथग्रहणसम्बन्धी विधेयक ल्याउन माग गरेका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले यस्तो बताएका हुन् ।

    उनले प्रमुुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथग्रहणको विधेयक ल्याउन आवश्यक रहेको बताए । उनले पूर्व प्रधानमन्त्री ओलीले शपथग्रहण लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका कुराहरुको नै उच्चारण नगरेको भन्दै संसदबाटै एउटै शब्द उच्चारण हुने गरेर विधेयक पास गर्नुपर्ने बताए । उनले शपथ मान्छेको नैतिकता र संस्कारसँग सम्बीन्धत रहेकोले हास्यव्यंग्यको पात्र नबन्ने गरेर विधेयक ल्याउन आग्रह गरे ।

    उनले भने, ‘शपथको कुरा छ । सत्तामा रहँदा एउटा शपथ र विपक्षमा रहँदा अर्को शपथ हुन्छ । यो कुरा मान्छेको एउटा नैतिकतासँग संस्कारसँग पनि सम्बन्धित हुने रहेछ । हाम्रो सम्मानित प्रधानमन्त्रीले यो भन्दा अघि शपथ खाने बेला ठूलो हास्यव्यंग्य बन्यो । हामीले अब के गर्नुपर्छ भने जे शपथ खाने हो त्यो यहीँ पास गरौँ । शपथ खुवानेले एउटा र शपथ खानेले एउटा नगरौँ । जनता भन्नेपनि यहीँ लेखौँ, ईश्वर भन्नेभएपनि यही लेखौँ । महामहिम राष्ट्रपतिले एउटा भन्नुहुन्छ, प्रधानमन्त्रीले अर्को भन्नुहुन्छ । त्यो यहीँ पास गरौँ नत्र हामी हास्यव्यंग्य जस्तो हुन्छौँ । यी कुराहरुमा ख्याल होस्, हामी हास्यव्यंग्यको पात्र नबनौँ ।’

    सांसद महतले आफू हास्यव्यंग्यको पात्र नबन्ने गरेर संसदबाट नै एउटै शब्दावली उच्चारण हुने शपथग्रहण सम्बन्धी विधेयक आवश्यक रहेको उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend