logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रत्यायन विधेयक परीक्षण र प्रमाणीकरण गर्ने कार्यलाई प्रावकारी र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको होः मन्त्री बडू

    प्रत्यायन विधेयक परीक्षण र प्रमाणीकरण गर्ने कार्यलाई प्रावकारी र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको होः मन्त्री बडू

    3.8K
    Shares
    प्रत्यायन विधेयक परीक्षण र प्रमाणीकरण गर्ने कार्यलाई प्रावकारी र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको होः मन्त्री बडू

     

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रत्यायन विधेयक, २०७८ निरीक्षण, परीक्षण र प्रमाणीकरण गर्ने कार्यलाई प्रावकारी र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले विधेयक सम्बन्धी उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

    मन्त्री बडूले मुलुकमा समरुपता परीक्षण, निरीक्षण, परीक्षण प्रमाणिकरणलाई प्रत्यायनको माध्यमबाट अन्तर्राष्ट्रिय मान्यता प्रदान यो विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले अन्तर्राष्ट्रिय बजारमा आफ्ना वस्तुहरुको पहुँच सुनिश्चित गराउने विषयमा पनि यो विधेयक महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । मन्त्री बडूले नेपालबाट विश्व बजारमा जाने उत्पादनको विश्वसनियता पनि यो विधेयकका कारण बढ्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापारमा नेपालका वस्तुहरुको पहुँच पनि सहजता पूर्वक हुने प्रतिवद्धता जनाए ।

    उनले भने, ‘यो प्रश्ताव निरीक्षण, परीक्षण गर्ने, प्रमाणी गर्ने कार्यलाई प्रावकारी र व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो । मुलुकमा समरुपता परीक्षण, निरीक्षण, परीक्षण प्रमाणिकरणलाई प्रत्यायनको माध्यमबाट अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्नलाई, अन्तर्राष्ट्रिय बजारमा आफ्ना वस्तुहरुको पहुँच सुनिश्चित गराउने विषय हो । हामीले एग्रिडिटेशन गरिसकेपछिका वस्तुहरुको मात्र अन्तर्राष्ट्रिय बजारमा विश्वसनियता बढ्छ र यसलाई सहजै स्वीकार्य हुनसक्छ । यसले विश्व बजारमा जाने उत्पादनहरु हुन् त्यसको विश्वसनियता पनि यसले बढाउँछ । अन्तर्राष्ट्रिय व्यापारमा हाम्रो मुलुकको वस्तुहरुको पहुँच पनि सहजता पूर्वक होस् भनेर नै यो ल्याइएको हो ।’

    प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गते आईतवार बिहान ११ बजेका लागि बोलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend