logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नागरिकता विधेयकको विरुद्धमा नेकपा समाजवादीले काठमाडौंमा गर्यो प्रदर्शन

    नागरिकता विधेयकको विरुद्धमा नेकपा समाजवादीले काठमाडौंमा गर्यो प्रदर्शन

    10K
    Shares

    काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी समाजवादीले सरकारले नागरिकता विधेयक संसदबाट पारित गरेको विरुद्धमा आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । समाजवादीका अध्यक्ष राजु कार्कीले नागरिकता विधेयकले विदेशीलाई नागरिकता बाड्न लागेको भन्दै सरकारले नागरिकता जस्तो संबेदनशील विषयमा हेलचेक्राँई गरेर राष्ट्रघाती काम गरेको बताए ।

    ‘सरकारले संसदमा लामो बहस पनि नगरिकन नागरिकता जस्तो संबेदनशील विषयमा ध्वनीको माध्यमबाट नागरिकता विधेयक पास गर्यो । यो राष्ट्रघातको चरम नमुना हो ।’ उनले भने ‘यसले नेपाललाई फिजीकरण गराउने दिशातीर लादैँछ । यसको विरुद्धमा जनतालाई अवार्नेस गराउन यो विरोध कार्यक्रम गरेका हौं ।’

    अध्यक्ष कार्कीले विहे गरेर आउने बुहारीले आउने बित्तिकै नागरिकता पाउने व्यवस्था गर्नु आपत्तिजनक भएको बताए । वशंजको आधारमा दिने नागरिकताले पनि धेरै विदेशी नागरिकले नागरिकता पाउने र असली नेपाली अल्पमतमा पर्ने उनले उल्लेख गरे ।

    उनले प्रधानमन्त्री शेर बहादुर देउवा एसपीपी सम्झौता गर्ने दिशामाा गईरहेको पनि आरोप लगाए । ‘प्रधानमन्त्री देउवालाई छिटो भन्दा छिटो अमेरिकाको भ्रमण गराएर एसपीपी सम्झौता गराउन खोजीएको छ । त्यसैले यो दलाल गठबन्धन सरकरालाई दबाव दिनका लागि फिल्डमा आयौं ।’ उनले भने । प्रदर्शनकारीले राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, नो एमसीसी, नो एसपीपी लेखिएका प्लेकार्ड बोकेका थिए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend