मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

बालबालिकालाई भदौ ५ देखि कोभिड खोप दिइने

बालबालिकालाई भदौ ५ देखि कोभिड खोप दिइने

काठमाडौं । ५० जिल्लाका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई आउँदो भदौ ५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । सरकारले गत असार ९ गतेदेखि पहिलो चरणमा २७ जिल्लाका सो उमेर समूहका बालबालिकालाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरेको थियो ।

दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा गण्डकी प्रदेशका कास्की, नवलपुरसहित धेरै जनघनत्व भएका जिल्ला र ठूला सहर केन्द्रित गरेर खोप अभियान चलाइएको थियो । ती जिल्लाका बालबालिकाले खोपको दोस्रो मात्रासमेत पाइसकेका छन् ।

हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट जोगिएका र खोप नपाएका बालबालिका नयाँ भेरियन्टको जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन् । कोभ्याक्स कार्यक्रममार्फत अमेरिकाको सहयोगमा नेपाल आएको फाइजर खोप बालबालिकालाई दिन लागिएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend