मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

क्यानाडामा मङ्कीपक्सका सङ्क्रमितको संख्या ८९० पुग्यो

क्यानाडामा मङ्कीपक्सका सङ्क्रमितको संख्या ८९० पुग्यो

क्यानाडा/रासस । क्यानाडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मङ्कीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ । यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको छ । यस सहरमा सुरुदेखि नै मङ्कीपक्सको सङ्क्रमण बढेको पाइएको थियो ।

क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मङ्कीपक्सको सङ्क्रमणको लगत राखेको र यस सम्बन्धमा अनुुसन्धान पनि गरिरहेको जनाएको छ । यहाँको सरकारले मङ्कीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप लगाउन तयार रहेको र ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ ।

पछिल्ला केही महिनामा यो मङ्कीपक्सको सङ्क्रमण विश्वका कैयौँ देशमा पुगेको छ । यसका कारण विश्व स्वास्थ्य सङ्गठनले यसलाई स्वास्थ्य सङ्कटका रुपमा पनि घोषणा गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend