logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मंसिर ४ गतेको निर्वाचनमा ५ लाख नयाँ मतदाता थपिदै

    मंसिर ४ गतेको निर्वाचनमा ५ लाख नयाँ मतदाता थपिदै

    3.3K
    Shares

    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा ५ लाख नयाँ मतदाता थपिने भएका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए । त्यसमा अब करिब ५ लाख नयाँ थपिने छन् । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार, असार १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलनमा करिव साढे ४ लाखले नाम दर्ता गरेका छन् ।

    पछिल्लो केहि दिन यताको अद्यावधिक विवरण नआएकाले त्यो संख्या अधिकतम ५ लाख पुग्ने निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौड्यालले जानकारी दिए । ६ महिना अघिसम्म मतदाता नामावली संकलन भएकाले यो अवधिमा निकै थोरैमात्रै नयाँ नाम संकलन भएको हो । आयोगले १ असारदेखि यसअघिका मतदाताहरुलाई स्थायी बसोबास सारेको भए नामावली पनि सार्ने सुविधा दिएको थियो । त्यस अन्तर्गत केहीले सुविधा लिएको तर संख्या यकिन नभएको आयोगको भनाइ छ ।

    आयोगले उनीहरुको विवरण छुट्टै राख्छ । स्थानीय तहबाट मृत्युदर्ता गरेकाहरुले लगत समेत घटाउन हुनाले मतदाताहरुको संख्या एकीन गर्न अझै केही दिन लाग्ने आयोगले जनाएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेकाले शुक्रबारदेखि नामावली संकलनको काम रोकिने आयोगले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend