काठमाडौं । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा नेता नेपालले आफूले ७० वर्ष पुगेपछि राजनीति छोड्न चाहेको भए पनि परिस्थितिले नदिएको दाबी गरेका हुन् ।
‘७० वर्षमै छोडौं कि भनेको परिस्थितिले दिएको छैन’, उनले भने, ‘आज मात्रै चुनावको मिती घोषणा भएको छ । यसपटकको चुनाव त लड्नैपर्छ, जित्नैपर्छ । नउठ्ने हो भने माधव नेपाल डराएछ कि भन्ने पर्छ ।’