logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सिके राउत र उपेन्द्र यादव एउटै क्षेत्रबाट चुनाव लड्ने

    सिके राउत र उपेन्द्र यादव एउटै क्षेत्रबाट चुनाव लड्ने

    4.1K
    Shares

    जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने भएका छन् । अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा लड्ने राउतले घोषणा गरेका हुन् । अध्यक्ष यादव यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

    डा. राउतले बिहीबार जनकपुरधाममा बसेको बैठकमा आफूलाई सप्तरी २ बाट चुनावमा उभ्याउनेबारे छलफल भएको बताए । ‘त्यो छलफल अनुसार त्यहीं क्षेत्रबाट म चुनाव लड्नेछु’ डा. राउतले भने । सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचन घोषणापछि नेताहरू उम्मेदवारी घोषणा गर्न सुरु गरेका छन् ।

    के छ अवस्था ?
    यो निर्वाचन क्षेत्रमा चार वटा पालिका छ । जसमध्ये दुई वटामा लोकतान्त्रिक समाजवादी लोसपा, जसपा र कांग्रेस एक एक पालिकामा निर्वाचित भएका छन् । सदरमुकाम राजविराज नगरपालिकामा जसपा, सिके राउतको घर भएको महादेवासहित छिन्नमस्ता गाउँपालिकामा लोसपा र तिलाठी कोइलाडी गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।

    राउतको घर भएको महादेवाको वडानम्बर २ मा भने उनकै पार्टी जनमत विजयी भएको छ । जिल्लाभर जनमतले दुई पालिका हनुमाननगर र बलान बिहुल जितेको छ तर उनले चुनाव लड्ने घोषणा गरेका क्षेत्र नम्बर २ मा पर्दैनन् । स्थानीय तहको मतपरिणाम अनुसार जसपा र जनमत दुवै लोसपा र कांग्रेसभन्दा कमजोर छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend