logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • यस्ता निर्णय गर्यो आजको सत्तारुढ गठबन्धन बैठकले

    यस्ता निर्णय गर्यो आजको सत्तारुढ गठबन्धन बैठकले

    3.7K
    Shares

    काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढने औंपचारिक निर्णय गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको भोलीपल्ट आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धन बैठकले सो निर्वाचनमा पनि चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको हो । चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    ‘पाँच दलीय गठबन्धन बैठकले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अघि बढने निर्णय ग¥यो । चुनावी तालमेलको निम्ति फेरी बैठक बस्छ, छलफल गर्छ । यसलाई व्यवस्थित गर्ने, न्यायपूर्ण गर्ने विषयमा वृहत रुपमा सहमती भएको छ । यसलाई गम्भिर छलफल गरेर अघि बढाउँछौं । यसका लागि कार्यदल पनि बन्नेछ । त्यसबारे म पछि तपाईहरुलाई थाहा दिनेछु । र, अर्को पूर्वप्रधानमन्त्रीजी पुष्पकमल दाहाल आज रातको १० बजे जापान प्रस्थान गर्दै हुनुहुन्छ । उहाँलाई आज बसेको गठबन्धन बैठकले उहाँको भ्रमणको सफलताको शुभकामना व्यक्त गरेको कुरा पनि यहाँहरुलाई अवगत गराउन चाहन्छु ।’ उनले भने ।

    बैठकले गठबन्धन दलका एक प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको जापान भ्रमणको सफलताको शुभकामना पनि व्यक्त गरेको छ । अध्यक्ष दाहाल आज राति १० बजे जापान प्रस्थान गर्दै छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend