logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अन्तराष्ट्रिय बजारमा ओरालो लाग्दा नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य किन घटेन ?

    अन्तराष्ट्रिय बजारमा ओरालो लाग्दा नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य किन घटेन ?

    5.3K
    Shares

    काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य रसिया युक्रेनबीचको युद्ध यताकै कम भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यी दुई राष्ट्रबीच युद्ध सुरू भएयता प्रति ब्यारेल एक सय २४ डलरसम्म पुगेको कच्चा तेलको मूल्य बिहीबार ९४ डलरसम्ममा झरेको हो । अमेरिकी बेन्चमार्कको रूपमा मानिने वेष्ट टेक्सास इन्टरमिडियट भने प्रति ब्यारल ८९ रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

    बुधबार नै तेल उत्पादकहरूको संस्था ओपेकले सेम्टेम्बरमा दैनिक एक लाख ब्यारलले तेल उत्पादन वृद्धि गर्ने सहमति समेत गरेका थिए। यसरी दैनिक उत्पादनमा वृद्धि हुने एक लाख ब्यारल विश्वको मागको ०.१ प्रतिशत हो। अमेरिकामा स्टकमा रहेको तेलसमेत ४५ लाख ब्यारेलसम्म पुगेको समेत समाचारहरूमा उल्लेख छ।

    भारतले समेत एक महिना यता दुई पटक गरेर नेपाल निर्यात गर्ने तेलमा ३२ रुपैयाँ घटाई सकेको छ। यसअघिका नोक्सान समायोजन गर्ने उद्देश्यले आयल निगमले भने दुई पटक नै मूल्य समायोजन गरेको छैन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend