logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पर्यटनमन्त्री श्रेष्ठले पशुपति क्षेत्रको अवलोकन गर्दै भने-मन्दिर परिषरको सरसफाइमा ध्यान दिनु

    पर्यटनमन्त्री श्रेष्ठले पशुपति क्षेत्रको अवलोकन गर्दै भने-मन्दिर परिषरको सरसफाइमा ध्यान दिनु

    5.5K
    Shares

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रलाई सफा राख्न निर्देशन दिएका छन् । शनिबार बिहान पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् ।

    सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको बताउँदै सधै सफा हुनुपर्ने बताए । उनले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

    मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्नमठमन्दिर, स्तूपलगायतको निरीक्षण गरेका थिए । मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिंदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिए ।

    सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेत राखेको छ । त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्यसचिव डा। मिलन कुमार थापाले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend