काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल भइरहेको बताएका छन् । जापान भ्रमणमा रहेका प्रचण्डले शनिबार आयोजित एक कार्यक्रममा बोल्दै विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तिर बहस गरिरहेको बताएका हुन् ।
उनले हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता संशोधन विधेयकले गैरआवासीय नेपालीको नागरिकताको समस्या पनि समाधान गरेको बताए । ‘विधेयक संशोधन गर्दा विदेशमा रहेका नेपालीको नागरिकतालाई अझ सहज बनाउने गरी विधेयक संशोधनको प्रक्रिया अघि बढाएका छौं’ उनले भने ।
पूर्वप्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरुको सीप आर्जन र अनुभवलाई ठीक ढंले सम्बोधन गर्ने र एनआरएनसँग सम्बन्धित सबै नेपालीलाई नागरिकताको समस्याबाट मुक्त गर्ने पनि आश्वासन दिए । अहिले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी भएको भन्दै प्रचण्डले चुनावपछि स्थिर र बलियो सरकार बन्ने बताए ।
‘