बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

जातीय तथा क्षेत्रिय र सामाजिक सद्भाव कायम राख्न एमाले निरन्तर सक्रिय छः योगेश भट्टराई

जातीय तथा क्षेत्रिय र सामाजिक सद्भाव कायम राख्न एमाले निरन्तर सक्रिय छः योगेश भट्टराई

 

काभ्रे । नेकपा एमाले काभ्रेले चुनावी प्रशिक्षण शुरु गरेको छ । जिल्ला स्तरीय अगुवा कार्यकर्ताहरुका लागि आगामी मसिंर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीका लागि प्रशिक्षण आयोजना गरिएको एमाले काभ्रेले जानकारी दिएको छ ।

एमाले सचिव योगेश भट्टराईले गठबन्धनका कारण मुलुकमा अस्थिरता र संकट उत्पन्न भएको बताउँदै आगामी निर्वाचनबाट गठबन्धनलाई परास्त गरी मुलुकको समृद्धीको यात्रालाई निरन्तरता दिनु पर्ने बताए । ‘गठवन्धन नेतृत्वको सरकार र दलहरु मुलुकमा अस्थिरता निम्त्याउँदै सदभाव भड्काउन खोजिरहेका छन्’–सचिव योगेश भट्टराईले भने–‘एमाले जातीय तथा क्षेत्रिय र सामाजिक सद्भाव कायम राख्न निरन्तर सक्रिय छ ।’

नेपालमा सद्भाव भड्काउन गठवन्धनको बलमा विदेशी शक्तिहरु समेत सक्रिय भएको भट्टराईले बताउनु भयो । ‘शेरबहादुर देउवा नेतृत्वको सरकार अमेरिका र चीनको लडाईमा नेपालको भूमि मैदान बनाउन दिंदैछ ’–सचिव भट्टराईले भने–‘असंलग्न राष्ट्रको सिद्धान्त विर्सेर नेपाललाई लडाईको केन्द्र बनाउने गठवन्धन सरकारको योजना नेपाली जनताले आगामी मसिंरको निर्वाचनबाट परास्त गर्नु पर्छ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend