logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • जगदीप धनखर बने भारतको नयाँ उपराष्ट्रपति

    जगदीप धनखर बने भारतको नयाँ उपराष्ट्रपति

    7.2K
    Shares
    जगदीप धनखर बने भारतको नयाँ उपराष्ट्रपति

    नयाँ दिल्ली । भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर विजयी भएका छन् ।

    शनिबार भएको निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका उम्मेदवार धनखर विजयी भएका हुन् । उनले विपक्षी दलकी उम्मेदवार मार्गरेट अल्भालाई पराजित गरेका हुन् ।

    बीजेपी नेतृत्वको एनडीए उम्मेद्वार धनखरले ५२८ मत प्राप्त गरेका थिए भने अल्भाले केबल १८२ मत प्राप्त गरिन् । उनले सन् १९७७ यता भएका उपराष्ट्रपति निर्वाचनमा अहिलेसम्मकै ठूलो मतान्तरले विजयी भएका हुन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डाले उनलाई बधाइ तथा शुभकामना दिएका छन् । धनखर बंगालका पूर्वराज्यपाल समेत हुन् । -एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend