काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले मध्यपहाडी लोकमार्ग अन्तर्गतको कर्णाली र सुदूरपश्चिम अञ्चल खण्डमा अप्टिकल फाइवर बिछ्याउनको लागि नेपाल टेलिकमले ठेक्का प्रक्रिया बढाएको वर्षौं भएपनि अझै काम शुरु हुन नसक्नुको सरकारले जवाफ दिनुपर्ने बताएका छन् । उनले सरकारले घोषणा गरेको स्थानीय तहको सदमुकामसम्मको सडक कालोपत्रे गर्नको निम्ति आवश्यक व्यवस्था तत्काल मिलाउन माग गरे ।
उनले भने,‘ मध्ये पहाडी लोक मार्ग अन्तर्गतको कर्णाली र सुदूरपश्चिम अञ्चल खण्डमा अप्टिकल फाइवर बिछ्याउनको लागि नेपाल टेलिकमले ठेक्का प्रक्रिया बढाएको वर्षौं भयो । अझै काम शुरु हुन नसक्नुको कारण के हो ? सरकारसँग माग गर्न चाहन्छु । सरकारले स्थानीय तहको सदमुकामसम्मको सडक कालोपत्रे गर्नको निम्ति आवश्यक व्यवस्था मिलाइओस् ।’