काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन् । छलफल आज अपरान्ह ४ बजे बालुवाटारमा हुनेछ। चुनावको मिति घोषणा गर्नुअघि लोसपा सरकारमा जान तम्तयार भएको लोसपा सत्ता गठबन्धनभित्र कुरा नमिल्दा सरकारमा जान सकिरहेको छैन।
प्रधानमन्त्री देउवा लोसपालाई सरकारमा ल्याउने पक्षमा छन्। सत्तामै रहेको अर्को मधेसवादी दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने लोसपालाई सरकारमा ल्याउन इच्छुक छैनन्। प्रधानमन्त्रीसँग हुने आजको छलफल सरकारमा सहभागितासहित आफ्ना कार्यकर्तामाथि लगाइएका राजनीतिक मुद्दा फिर्ता लिने सम्बन्धमा पनि कुरा हुने लोसपा नेता शरतसिंह भण्डारीले बताए।
लोसपा देउवा सरकारमा सहभागी नभए पनि विश्वासको मत दिएको थियो।