सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सङ्खुवासभामा चट्याङ लागेर हल गोरुको मृत्यु

सङ्खुवासभामा चट्याङ लागेर हल गोरुको मृत्यु

 

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा चट्याङ लागेर एक हल गोरु मरेको छ । गए राति चट्याङ लागेर पाँचखपन २ माथिल्लो स्याबुनका प्रविन लाखेको हल गोरु मारेको हो ।

चट्याङले घरमा रहेको बिजुलीको मिटरबक्स र वाइरिङमा समेत क्षति पुर्‍याएको पाँचखपन २ का वडाध्यक्ष ओम श्रेष्ठले बताए । चट्याङ लागेर गोठमा बाँधी राखेको हल गोरु मरेपछि वडा कार्यालय, स्थानीयवासीको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend