logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • मौद्रिक नीतिबाट व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्दैनः डेपुटि गभर्नर मिश्र

    मौद्रिक नीतिबाट व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्दैनः डेपुटि गभर्नर मिश्र

    3.2K
    Shares
    मौद्रिक नीतिबाट व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्दैनः डेपुटि गभर्नर मिश्र

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिपछि उद्योगी व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्ने अवस्था नभएको बताएका हुन् । आईतवार काठमाडौंमा भएका एक कार्यक्रममा बोल्दै डेपुटि गभर्नर मिश्रले यस्तो बताएका हुन् ।

    उनले उद्योगी व्यवसायी तथा बैंकर्सहरुले मौद्रिक नीतिपछि सबै क्षेत्र खत्तम भयो भन्ने स्थिती नभएको बताए । मिश्रले एक जना मान्छे सामान्य बिरामी भएर अस्पतालमा गयो भन्दैमा आइसियुमा हाल्न नहुने बताउनु भयो । उहाँले उद्योगी,व्यवसायी र बैंकर्सहरुलाई अहिलेको मौद्रिक नीतिलाई नराम्रो तरिकाबाट नहेर्न आग्रह गगरे । डेपुटि गभर्नर मिश्रले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएर सुझावको आधारमा नै नीति ल्याएको दाबी गरे । उनले मौद्रिक नीति वर्तमान अर्थतन्त्रमा देखिएको समस्याको सतप्रतिशत समाधान गर्ने सञ्जीवनी बुटी नभएको बताए । मिश्रले अर्थतन्त्र बुझेको विज्ञहरुले सिआरआर अनुपात ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत बनाउँदा राष्ट्र बैंकले मार्न खाज्यो भन्नु बुझेर पनि नबुझेको जस्तो गरेको देखिएको बताए ।

    उनले भने,‘उद्योगी तथा बैंकर्सहरुकोले एकदमै निराश हुने कथनहरु आए मौद्रिक नीति आएपछि निराश हुनुपर्ने अवस्था छैन । बैंकर्स संघका अध्यक्षले मसँग एक पैसा पनि छैन । म पैसा दिन सक्दिन । उद्योग परिसंघले हामी खतम भयौं भन्ने,अटोमोवाईल्स नाडाका अध्यक्षले हामी बर्बाद भयौं भन्नुभयो । चेम्बरका अध्यक्ष रिसाउनु भयो । यस्तो निराश हुनुपर्ने स्थिति छैन । एउटा मान्छे अस्पतालको ओपीडिमा बिरामी भएर गयो भन्दैमा सिधै आइसियुमा हाल्ने काम नगरौं । यो कुरा अनुरोध गर्न चाहन्छु । यो कार्यक्रममा भेला भएर धेरै बिरामी भएर अस्पताल गएको मान्छेलाई सिधै आइसियुमा लगेर सलाइन पानी चढाउन थाल्ने काम उद्योगी,व्यवसायी,बैंकर्सहरुले नगरौं । सञ्जीवनी बुटी मौद्रिक नीतिमा सतप्रतिशत निस्कन सक्ने अवस्था छैन । राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएका थियौं । अन्तर्राष्ट्रिय रुपमा भएको मूल्यवृद्धि, घरजग्गा कारोबारमा भएको वृद्धिको अवस्थामा अब विश्व बैंकले समेत घट्दै जान्छ भनेको अवस्था थियो । हामीले सबै बुद्धिजीविहरुलाई राखेर सुझाव लिएर ३ प्रतिशतबाट ४ प्रतिशत सिआरआर अनुपात बढाएको भएर मार्न खोजेको हो । भनेर भन्न थालेपछि यो बुझेर पनि नबुझेको जस्तो देखिएको छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend