logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिंहदरबारका कर्मचारीले गरे ‘पेन डाउन’ आन्दोलन

    सिंहदरबारका कर्मचारीले गरे ‘पेन डाउन’ आन्दोलन

    6.7K
    Shares

    काठमाडौंं । सिहंदरबारभित्रका निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन् । निजामती कर्मचारी युनियनका महासचिव प्रकाश भट्टराईका अनुसार ‘नासु बचाऊ अभियान’ को नेतृत्वमा आज ‘पेन डाउन’ गरिएको हो ।

    अर्थ मन्त्रालयले बजेट घोषणा विपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् । आन्दोलनको नेतृत्व गरिरहेका प्रकाश भट्टराईका अनुसार ‘पेन डाउन’ पहिलो चरणको आन्दोलन हो । आन्दोलित कर्मचारीहरू अहिले सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा वृहत् आन्दोलनको तयारी गरिरहेको भट्टराईले जानकारी दिए ।

    ‘सरकारले असमान तलब वृद्धि गरेको र प्रस्तावित संघीय निजामती सेवा ऐनको मागको सन्दर्भमा हामी वृहत् आन्दोलनको तयारीमा भेला भएका छौं । अहिले पेन डाउन गरेर सुरु गरेता पनि आजै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीसँग भेट्ने, अर्थसचिव र मुख्य सचिवलाई ज्ञापन पत्र बुझाउने कार्यक्रमहरु रहेको छ’ भट्टराईले भने, ‘नासु र खरिदारका मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा समेत हुनसक्छ । त्यही अनुसारको हाम्रो आन्दोलनको कार्यक्रम तय हुँदैछ ।’

    मन्त्रालयका नासु र खरिदारहरू आन्दोलनमा निस्किंदा मन्त्रालयको कामकाज प्रभावित भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend