काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । यही साउनको ३० र ३१ गते काठमाडौंमै प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ ।
बालुवाटारमा सोमबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले प्रशिक्षणको मिति तय गरेको हो । प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन् । यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौं बोलाएर प्रशिक्षण दिइसकेका छन्।