
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राजनीतिक दलका शीर्ष नेतालाई चुनावको धपेडी छाडेर आराम गर्न आग्रह गरेका छन्। पार्टीको काभ्रे जिल्ला भेलालाई सोमबार सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्।
‘राजनीतिमा पनि रिटायर्ड भन्ने कुरा हुन्छ। शेरबहादुरजी प्रधानमन्त्री हुँदा सरकारी जागिर खाएको कर्मचारी रिटायर्ड भइसक्यो तर अहिले पनि देशको प्रधानमन्त्री शेरबहादुरजी नै हुनुहुन्छ।’ उनले भने, ‘राजनीतिलाई आर्यघाटसम्मै लिएर जाने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ।’ उनले दलका शीर्ष नेताहरुसँग अरु काम गरेर खाने सीप नभएका कारण राजनीतिबाट बाहिरिन नचाहेको तर्क गरे।
‘अहिले राजनीतिक दलका शीर्ष नेताहरु राजनीतिबाट विदा भए के गरेर खान्छन् होला ? के जानेका छन्रु केही पनि छैन।’, उनले भने, ‘सायद त्यहि भएर होला यो अन्तिम समयसम्म लाभ लिनका लागि झुण्डिरहेका छन्।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend