बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

लागुऔषध चरेससहित सशस्त्र प्रहरीका एक जवान पक्राउ

लागुऔषध चरेससहित सशस्त्र प्रहरीका एक जवान पक्राउ

 

काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत एक जवान लागुऔषध चरेससहित पक्राउ परेका छन् । सोमबार कैलाली प्रहरीले सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत गणेश प्रसाद जोशीलाई पक्राउ गरेको हो ।

बझाङ स्थायी घर भएका उनी लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उनको पिछा गरेको थियो । उनलाई धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । डेढ किलो चरेशसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend