मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक फेरि साउन २६ गते बस्ने

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक फेरि साउन २६ गते बस्ने

sf7df8f}F, @* r}t . k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ ;Qf u7aGwg bnsf] a}7sdf ;xefuL k|wfgdGqL z]/axfb'/ b]pjf, g]kfn sDo'lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_ sf cWoIf k'ik sdn bfxfn æk|r08Æsf g]tfx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

 

काठमाडौं । सत्तारुढ गठबन्धनको चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा प्रस्ताव तयार पार्न गठित कार्य दलको संयोजकमा नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चयन भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले सो कार्य दलको संयोजन गर्ने जिम्मेवारी काँग्रेसका पूर्वमहामन्त्री सिटौलालाई दिने निर्णय गरेको हो ।

कार्य दलको बैठकको संयोजन गर्ने जिम्मेवारी सिटौलालाई दिने निर्णय गरिएको काँग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘आज कार्यदलको बैठक लामै समय रह्यो । र, सबै साथीहरुले आ–आफ्नो दृष्टिकोणहरु राख्नु भएको छ । बैठक सकारात्मक रुपले आजलाई स्थगन भएको छ । र, २६ गते ४ बजे फेरी बैठक बसेर थप छलफललाई अगाडि बढाउँछौं । र, आजको बैठकमा यसलाई व्यवस्थित बनाउनका निमित्त हामीले एउटा संयोजक तय गरेका छौं । आजको बैठकले नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई बैठकको संयोजन गर्ने जिम्मेवारी दिएका छौं । र, आजको बैठक सकारात्मक रुपमा अन्त्य भएको छ ।’

कार्य दलको अर्को बैठक यही श्रावण २६ गते अपरान्ह ४ बजे बोलाइएको छ । बैठकमा सबै दलका नेताहरुले चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा आ–आफ्ना दलका धारणाहरु प्रस्तुत गरेका थिए । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि पनि गठबन्धनलाई कायमै राखेर अघि बढने विषयमा छलफल भइरहेको बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend