काठमाडौं । हिजो स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य बढेको हो । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको जनाएको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रुपैयाँ तोकिएको छ ।
सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । आज एकै दिन चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको हो । यससँगै, आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ कायम भएको छ । हिजो सोमबार यसको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ थियो ।