logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरियोः दुर्गा पौडेल

    समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरियोः दुर्गा पौडेल

    4K
    Shares
    समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरियोः दुर्गा पौडेल

     

    काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरिएको बताएकी छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    सांसद पौडेलले प्रत्यक्ष निर्वाचित सदस्यलाई जति अधिकार छ, त्यो पूर्ण अधिकार समानुपातिक सदस्यलाई पनि छ भन्ने कुरा ऐन बनाएर जान जरुरी रहेको बताइन् । उनले निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फको लागि महिलाको हकमा सम्बन्धित कोटा छुट्याउन पनि माग गरिन् । उनले महिला र दलितलाई प्रत्यक्षतर्फ आरक्षित कोटा छुट्याएर जानुपर्ने र त्यसको कति संख्या छुट्याउने भन्ने कुरामा छलफल हुन आवश्यक रहेको बताइन् ।

    उनले भनिन्, ‘महिलालाई हेर्ने दृष्टिकोण हरेक पार्टीहरुमा दोस्रो दर्जाकै हो भन्ने जुन दृष्टिकोण छ, त्यो भन्दा माथि अहिलेसम्म हेर्दा पार्टीहरुमा त्यो चेत र त्यो प्रकारको सोच अहिले पनि रहेको पाइन्छ । त्यसैले निर्वाचन प्रणाली त प्रणाली हो, तर त्यसमा पनि विभेद गरियो नि । हामीले प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली त प्रणाली त्यो मिश्रित प्रणालीलाई अपनाइ सकेपछि त्यसबाट विजयी बनेको सदस्यको त पूर्ण हक बराबर हुनुपर्ने हो । तर हामीले विभेद गरियो । त्यस्तो विभेदलाई हटाउनको लागि हामीले मिश्रित प्रणाली अपनाएपछि कानून नै बनाएर जानुपर्छ । प्रत्यक्ष निर्वाचित सदस्यलाई जति अधिकार छ, त्यो पूर्ण अधिकार समानुपातिक सदस्यलाई पनि छ भन्ने कुरा हामीले ऐन बनाएर जानुपर्छ । त्यसमा विभेद गर्न पाइँदैन ।

    निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फको लागि महिलाको हकमा सम्बन्धित कोटा छुट्याइयोस् । त्यो निर्वाचित क्षेत्र आरक्षित गरियोस् । कति संख्या छुट्याउने भन्नेबारेमा छलफल गरौँ । महिला र दलितलाई प्रत्यक्षतर्फ आरक्षित कोटा हुनुपर्छ ।’

    सांसद पौडेलले हरेक राजनीतिक पार्टीमा महिलालाई हेर्ने संकुचित दृष्टिकोण रहेको भन्दै सोच र व्यवहार परिवर्तन गरेर महिला पनि नेतृत्व लिनका लागि सक्षम छन् भन्ने कुरामा विश्वस्त हुन आवश्यक रहेको बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend