सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

लागुऔषधसहित मकवानपुरबाट पाँच जना पक्राउ

लागुऔषधसहित मकवानपुरबाट पाँच जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले हेटौँडा उपमहानगरपालिका-१६ हटियाबाट पाँच किलो चार सय ग्राम लागुऔषध खैरो हेरोइनसहित ३९ वर्षीय सुवास लामिछाने र हेटौँडा-७ बस्ने २८ वर्षीय विकेश गौतमलाई पक्राउ गरेको हो।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका-१२ नयाँ पुलस्थित भित्री बाटोबाट विभिन्न प्रकारको लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा सोही वडामा बस्ने २७ वर्षीय रमेश विश्वकर्मा र २७ वर्षीय सजन विश्वकर्मा रहेका छन्। उनीहरुलाई अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको टोलीले पक्राउ गरेको हो।

त्यसैगरी, प्रहरीले हेटौँडा उपमहानगरपालिका-१९ गुम्बाचोकबाट पाँच किलो चार सय ग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा-३ बसामाडी बस्ने ४२ वर्षीय लक्ष्मण बल रहेको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend