काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद सोमप्रसाद पाण्डेले आगामी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको मूल्यांकन गरेर मात्रै आगामी निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली काँग्रेसले स्थानीय तहमा आएको निर्वाचनको परिणाम अनुसार आगामी निर्वाचनमा सिट बाँडफाँट गर्ने भन्ने कुरा उल्लेख गरेको सञ्चारकर्मीको प्रश्नप्रति पार्टीले देउवालाई प्रधानमन्त्री बनाउँदा खेलेको भुमिकाको पनि कदर हुनुपर्ने बताए । उनले एकीकृत समाजवादीले सहयोग नगरेको खण्डमा देउवा प्रधानमन्त्री बन्न नसक्ने स्थिति रहेको भन्दै सबैलाई सबै क्षेत्रको भुमिकाको कदर गरेर सिट बाँडफाँट हुने बताए । उनले सिट बाँडफाँटका बारेमा शुरुमा धेरै वहस भएपनि निस्कर्ष सहजै निस्किने दाबी गरे । उनले अब पनि राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने र राष्ट्रिय सहमतिबाट नै यो मुलुक अग्रगमन र समृद्धिको निम्ति लाग्नुपर्ने आवश्यक्ता रहेको बताए ।
उनले भने, ‘राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने, राष्ट्रिय सहमतिबाट नै यो मुलुक अग्रगमन र समृद्धिको निम्ति लाग्नुपर्ने अहिलेको आवश्यक्ता महशुस भएको छ । आगामी निर्वाचनको सवालमा सिट बाँडफाँट गर्ने कुरा हो, त्यसमा आफ्नो आफ्नो पार्टीको जोडबल त रहन्छ नै, जुन उद्देश्य र समयको आवश्यक्तालाई पूरा गर्ने गरेर गठबन्धन गरेका थियौँ, गठबन्धन भित्र रहेका दलमा आपसी समझदारी हुन्छ । सबैले आफ्नो अडान लिएर बस्ने खालको अवस्था पनि रहँदैन । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा माधव नेपालको पार्टीले गरेको सहयोगको पनि मूल्यांकन हुनुपर्छ । गठबन्धनलाई यहाँसम्म पु¥याउने कुराको पनि मूल्यांकन गरेर सिट बाँडफाँट हुनुपर्छ । गठबन्धनमा धेरै छलफल गर्छौं तर निस्कर्षमा सहजै पुग्छौँ ।’
उनले देशमा राजनीतिक स्थिरताका साथै आर्थिक क्रान्ति ल्याउने हिसावले पार्टी आगामी निर्वाचनमा होमिने बताए ।