logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आगामी निर्वाचनमा सबै उम्मेदवारको समान हैसियत हुनेगरी समाचार प्रशारण गर्न आयुक्त थपलियाको आग्रह

    आगामी निर्वाचनमा सबै उम्मेदवारको समान हैसियत हुनेगरी समाचार प्रशारण गर्न आयुक्त थपलियाको आग्रह

    2.9K
    Shares
    आगामी निर्वाचनमा सबै उम्मेदवारको समान हैसियत हुनेगरी समाचार प्रशारण गर्न आयुक्त थपलियाको आग्रह

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबै उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार प्रशारण तथा प्रकाशित गर्न सञ्चार माध्यामहरुलाई आग्रह गरेका छन् । विगतमा कतिपय अवस्थामा राजनीतिक दल र तिनका उम्मेदवारहरुलाई निर्वाचनको सिद्धान्त विपरित फरक फरक हैसियत हुनेगरी समाचार प्रेषित हुने गरेको पाइएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यस्तो विभेद नगरी समाचार प्रशारण तथा प्रकाशन गर्न सञ्चार माध्यामलाई आग्रह गरेका हुन् ।

    स्थानीय तह निर्वाचन २०७९ को प्रगति समिक्षा गर्नका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफैसँग साझेदारी गरिरहेको सञ्चार माध्यामसँग निर्वाचन आयोगले स्पष्टिकरण लिनुपर्ने अवस्था आउन नदिन पनि सञ्चार माध्यामहरुलाई सचेत गराए । उनले स्थानीय तह निर्वाचनमा जस्तो मतदातालाई समस्या हुने खालको मतपत्र प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नहुने पनि स्पष्ट पारे । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘सबै राजनीतिक दल र उम्मेदवारहरुलाई निर्वाचनको सिद्धान्त बमोजिम समान हैसियत कायम गर्ने ढंगले सबैलाई समान व्यवहार गर्ने ढंगले समाचारहरु, सूचनाहरु सम्प्रेषण गरिदिनु प¥यो ।

    तपाईँहरु धेरै जान्ने हुनुहुन्छ, लेख्दालेख्दै । अलिअलि पढदापददै हामी पनि बुझ्छौं । तपाईँहरुले कसलाई कसरी सर्पोट गर्नु भएको छ, त्यो हामी पनि बुझ्दछौं । हामीले त्यसरी बुझ्नुपर्ने अवस्था नहुनेगरी सबैप्रति समान व्यवहार गरिएको छ भन्ने हिसावले सहयोग गरिदिनु प¥यो । दोस्रो, एउटा समाचार माध्याम, जो छ साझेदारी गरिएको छ । उसैलाई स्पष्टिकरण सोधिराखेको छ, आयोगले । तपाईहरुलाई स्पष्टिकरण सोध्दा हामीलाई कति पीडा हुन्छ । त्यस्तो अवस्था आउन नदिने कुरामा ध्यान दिनुहोला ।’

    प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धि सूचना प्रशारण तथा प्रकाशन गर्दा पनि समाचार माध्यामहरुले सबै राजनीतिक दल र तिनका उम्मेदवारहरुलाई समान हैसियत अनुसारको व्यवहार गर्नुपर्ने बताए । प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन मंसीर ४ गते आईताबार हुँदैछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend