logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • नेताहरु सपथ खान्छन् अनि बालुवाटारको जग्गै खान्छन्, सम्पत्ति प्रतिष्ठानलाई दिएँ भन्छन् १७ करोडको उपचार गर्छन : स्नेही

    नेताहरु सपथ खान्छन् अनि बालुवाटारको जग्गै खान्छन्, सम्पत्ति प्रतिष्ठानलाई दिएँ भन्छन् १७ करोडको उपचार गर्छन : स्नेही

    3.4K
    Shares

    काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रकाश रसाईली स्नेहीले पदमा बसेकाले सथप सँगै राज्यको सम्पत्ति पनि खाएको बताएका छन् । सपथ भनेको सार्वजनिक पदमा बसका व्याक्तिको प्रतिवद्धता भएपनि नेताहरुले सपथ पनि खाने राज्यको सम्पत्ति पनि खाने गरेको बताएका हुन् ।

    ‘हाम्रा नेताहरु शित्तल निवासमा सपथ खान्छन् सपथ खाएपछि बालुवाटारको जग्गै खान्छन् , सपथ खान्छन् ३७ केजी सुनै खान्छन्,सपथ खान्छन् मास्क देखि लिएर आर्यघाटको दाउरामा पनि कमिशन खान्छन्,।’ उनले भने ‘हाम्रा नेताहरु यहि रोष्टममा आएर भन्छन् सम्पत्ति सारा प्रतिष्ठानलाई दिए तर उपचार गर्दा १७ करोड खान्छन्, सपथ खान्छन् वाईडवडिको ४ अर्व खान्छन्, सघिंय संसदको पदिय मर्यादा खान्छन् । हामी सांसदको सपथ खान्छौ टाउको दुख्दा सय रुपैयाको बिल पनि संसदमा देखाएर भत्ता खान्छौं ।’

    उनले नेपालको न्यायलय कमिशनमा रमाएको, पटक पटक पार्टी विभाजन गरेर मन्त्री पद खाएको र देशमा विकास भएन भनेर गुनासो गर्ने गरेको बताए । राष्ट्रको गरिमा जोगाउनका लागि पनि सपथ महत्वपुर्ण रहेको उनकोृ भनाई छ । सांसद स्नेहीले माओवादीका नेताहरु लेनिन र माओको फोटो राखेर, कांग्रेसले पशुपतिनाथ र बिपिको फोटो राखेर र एमालेले मदन भण्डारीको फोटो साक्षी राखेर सपथ खाएमा नेताहरु सुघ्रिने धारणा राखे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend