बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

जापान फोहोर व्यवस्थापनमा संसारकै अग्रस्थानमा रहेछः अध्यक्ष प्रचण्ड

जापान फोहोर व्यवस्थापनमा संसारकै अग्रस्थानमा रहेछः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ जापान फोहोर व्यवस्थापनमा संसारमै अग्रस्थान रहेको पाइएको बताएका छन् । पाँच दिन जापान भ्रमण सकेर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले फोहोर व्यवस्थापनमा जापानबाट सिक्नुपर्ने बताए ।

‘जापानमा टनेल टेक्नोलोजी धेरैमाथि गएको छ । टेलिकम्युनिकेशन सहकार्यको कुरा भएको छ । जापान फोहोर व्यवस्थापनमा संसारकै अग्रस्थान रहेछ । कहीँकतै फोहोर गर्न नदिने रहेछ । त्यसैले हामीले फोहोर व्यवस्थापनका लागि तत्काल इक्विपमेन्ट चाहियो भन्यौ’ प्रचण्डले भने, ‘जापानको सहयोगमा नागढुंगामा सुरुङ बनिरहेको छ । अब हामी धेरै टनेलमा जान्छौ त्यसमा पनि जापानको प्रविधि र लगानी होस भन्ने छ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend