काठमाडौं । बिहिबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति सम्बन्धमा छलफल हुनेछ ।
यस्तै विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दैछ । बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा कारागार विधेयक २०७६ का सम्बन्धमा सैद्धान्तिक छलफल हुनेछ । बैठकमा छलफलका लागि गृहमन्त्री, गृहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई बोलाइएको छ
।