logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बाबुराम भट्टराई र माओवादी केन्द्रका नेताबीच भटवार्ता, मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने बाबुरामको प्रस्ताव

    बाबुराम भट्टराई र माओवादी केन्द्रका नेताबीच भटवार्ता, मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने बाबुरामको प्रस्ताव

    5.1K
    Shares
    बाबुराम भट्टराई र माओवादी केन्द्रका नेताबीच भटवार्ता, मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने बाबुरामको प्रस्ताव

     

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् ।

    माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका डा. भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ ।

    नेसपाका अध्यक्ष भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चाबारे छलफल गरेका हुन् । ‘मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका छौं,’ नेसपा स्रोतले भन्यो, ‘उहाँहरुले सल्लाह गरौंला भन्नुभएको छ ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend