तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत जिल्लाको म्याग्दे गाउँपालिका–३, धयरेस्थित सम्धी खोलाको पुलमा माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
बिहीबार बिहान सबा ९ बजेतिर दमौलीबाट पोखरातर्फ आउँदै गरेको बा ४ ख ९९९९ नम्बरको माइक्रो बस अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा परी चालकसहित ७ पुरुष र ७ महिला गरी १४ जना यात्रुहरु घाइते भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
उनका अनुसार घाइतमध्ये पाँचजनालाई मणिपाल अस्पताल पोखरा पठाइएको छ । उनीहरुको अवस्था मध्यम रहेको खड्काको भनाइ छ । अन्य घाइतेहरुको रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।