logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • टानलाई ट्रेकिङ व्यवसायीको हितमा काम गर्ने टान बनाउने अध्यक्ष उम्मेदवार बाँस्तोलाको भनाई

    टानलाई ट्रेकिङ व्यवसायीको हितमा काम गर्ने टान बनाउने अध्यक्ष उम्मेदवार बाँस्तोलाको भनाई

    2.7K
    Shares

    काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान को अध्यक्षका उम्मेद्वार निलहरि बाँस्तोलाले अध्यक्षमानिर्वाचित भएमा ट्रेकिङ व्यवसायीहरुको हक हितमा काम गर्ने टान बनाउने योजना रहेको बताएका छन् । बिहीवार टानको साउन ३० गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन पश्चात उम्मेद्वार परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन् । उनले पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ट्रेकिङ व्यवसायीहरुले खोजेको जस्तो नभएको भन्दै अहिले व्यवसायीहरुले चाहेको जस्तो टान बनाउने प्रतिवद्धता जनाए ।

    अध्यक्षका उम्मेद्वार बाँस्तोलाले अध्यक्षको नेतृत्व गर्न पाए टे«किङ व्यवसायीहरुको हकहितको लागि लड्ने व्यवसायीहरुको संरक्षण र व्यवसायको हीतमा काम गर्ने बताए । उनले दुई वर्षको कार्यकालमा टानको कार्यसमितिमा बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई टे«किङ व्यवसायीहरुको हितमा लगाउन चाहेको बताए ।  अध्यक्षका उम्मेद्वार बाँस्तोलाले पूर्व अध्यक्षहरुले छाडेको अनुभव र योजनालाई साकार पार्ने पनि प्रविद्धता समेत जनाए । उनले टानको अध्यक्ष निर्वाचित भएमा दुई वर्षको कार्यकालमा क्यालेण्डर वेसमा काम गर्ने बताए ।

    उनले अत्याधुनिक प्रविधिको युगको अर्थात २०२२ को समयमा पनि टे«किङ व्यवसायीहरुले चाहेको जस्तो टान हुन नसकेकाले अब व्यवसायीहरुले चाहेको टान बनाउने योजना रहेको बताए ।
    बाँस्तोलाले अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्थाको अन्त्य गर्दै टानले व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको सुनाए । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन् । अध्यक्ष पदमा कमल सापकोटाको प्यानल सहित उम्मेवारी मनोनयन हुनेछ भने बोधराज भण्डारीले अध्यक्ष स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता भएको छ । बाँस्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा बाबु, सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पा रहेका छन् ।

    त्यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविननाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन् । टानको ४४ औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुई सय ५० मतदाता रहेका छन् । अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा एमाले निकट पर्यटन व्यवसायी सङ्गठन र नेकपा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठनले चुनावी सहकार्य रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend