logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यकः मन्त्री गहतराज

    देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यकः मन्त्री गहतराज

    2.9K
    Shares
    देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यकः मन्त्री गहतराज

     

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्को कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताएका हुन् ।

    उनले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनको लागि रगत बगाउनु पर्ने अवस्था नभएको बताए । मन्त्री गहतराजले अब युवाहरुको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्धिको बनाउनु भएको बताए ।

    उनले भने,‘ युवाहरुले देशलाई सुखी र समृद्धि विकासको गतितिर दिशा दिने नयाँ अविभारा युवाहरुको काँधमा छ । युवाहरुले अब राजनीतिक परिर्वतनको आन्दोलनका लागि पसिना र रगत बगाउनुपर्ने ठाउँमा छैनौं । अब युवाहरुको जिम्मेवारी र दायित्व भनेको देशको विकास समृद्धिको बनाउने नयाँ युवा पुस्ताको अगाडि रहेको छ ।

    असल नियतका साथ देशलाई विश्वसामु समृद्ध राष्ट्रको रुपमा अगाडि बढाउनु पर्ने दायित्व हाम्रो अगाडि छ । मुलुकलाई समृद्ध बनाउने अविभारा अहिलेका युवा पुस्ताले आत्मसाथ गरेर युवाले नेतृत्वलाई सराप्ने होइन । नेतृत्वले स्थापित प्रणालीलाई गर्वगर्दै स्वाभिमानका साथ बाँच्ने गरी राजनीतिक क्रान्तिको चरण पूरा भयो । अब युवाहरुले समृद्धको चरण पार गर भनेर अघिल्लो पुस्ताले युवाहरुको काँधमा सुम्पेको छ ।’

    मन्त्री गहतराजले मुलुकलाई समृद्ध बनाउने अविभारा अहिलेका युवा पुस्ताले आत्मसाथ गरेर अघिल्लो नेतृत्वलाई गाली गर्नु नहुने बताए । उनले अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्वगर्दै युवाहरुले समृद्धको चरण पार गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend