बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

काँग्रेसले मुलुकमा २१ वर्ष सरकारको नेतृत्व गरेपनि देशका लागि एउटा काम गरेनः अध्यक्ष ओली

काँग्रेसले मुलुकमा २१ वर्ष सरकारको नेतृत्व गरेपनि देशका लागि एउटा काम गरेनः अध्यक्ष ओली

 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले मुलुकमा २१ वर्ष सरकारको नेतृत्व गरेपनि एउटा काम देशका लागि नगरेको दावी समेत गरेका छन् । लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने बताए । देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको उनको तर्क थियो ।

अध्यक्ष ओलीले आफूले जस्तो राज्यको नाममा सम्पूर्ण चल, अचल सम्पत्ति दान गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालाई चुनौति दिए । काँग्रेसका नेताले एउटा अवबारमा आफूलाई एक नम्बर भ्रष्टाचारी भनेको प्रसंग उल्लेख गर्दै उनले आफू र श्रीमतीको सबै चल, अचल सम्पत्ति आफूले राज्यको, संस्थाको नाममा दान गरेको भन्दै त्यसो गरेर देखाउन देउवा, दाहाल र नेपाललाई चुनौति दिए । ओलीले आफूले राज्यबाट कहिल्यै पनि ठगेर नखाएको र नखाने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले भने, ‘मैले मेरो सम्पूर्ण सम्पत्ति राज्यको नाममा, संस्थाको नाममा दिएको छु । एउटाले भनेछ–नेपालमा एक नम्बर भ्रष्टाचारी केपी ओली भनेर । मैले पार्लियामेन्टबाट बोलेको थिए नेपाली काँग्रेसका नेतहरु र अरु पार्टीका नेताहरुलाई भनेर मैले मेरो, मेरो श्रीमतिका नामको सम्पूर्ण सम्पत्ति राज्यका नाममा, संस्थाको नाममा गर्दिएको छु ।

मेरो शेखपछि सम्पूर्ण सम्पत्ति चल, अचल सम्पूर्ण सम्पत्ति, ब्यांक ब्यालेन्स होस कि, घर होस कि, घडेरी होस् कि, जमिन होस कि, गाडी होस् कि जे छ, मसँग त्यो सबै राज्यको नाममा हुुन्छ । संस्थाको हुन्छ । मेरो कसैले हकवाल भएर पनि खादैन । मैले कसैलाई जम्मा गरिदिनु छैन । त्यसरी मेरो हक लाग्नेजत्ति सम्पत्ति मैले राज्यलाई दान गरे भन्ने अर्को नेता निस्किए हुन्छ नि । त्यो निस्कने हिम्मत छैन । गर त दान ल । कुनै पार्टीको कुनै अध्यक्ष शेरबहादुर देउवाजीलाई म भन्छु– लत सम्पत्ति दान गर्नुस् । आँट छ ? प्रचण्डलाई भन्छु म–गर्नुस् त ? माधवकुमार नेपाललाई भन्छु । दशथरी फाईफूर्ति किन गर्ने ? सम्पूर्ण सम्पत्ति राज्यलाई ल । सिद्धियो नि त । अनि त्यो गर्न नसक्ने । अनि केपी ओली सबभन्दा बढि भ्रष्टाचारी । आफ्नो सम्पत्ति राज्यको नाममा दान गरेको छ । जोसँग केही छैन । तर राज्यलाई ठगेर लिइन्न । यति मैले भन्नु पर्छ ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend