मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

मोन्टेनेग्रोमा गोली चल्दा बन्दुकधारी सहित १२ जनाको मृत्यु

मोन्टेनेग्रोमा गोली चल्दा बन्दुकधारी सहित १२ जनाको मृत्यु

मोन्टेनेग्रो/रासस । मोन्टेनेग्रोको मध्य शहर सेटिन्जेमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । सो घटनामा एक प्रहरी सहित अन्य छ जना गम्भीर घाइते भएका छन् भने प्रहरीको आक्रमणमा आक्रमणकारी समेत मारिएको छ।

मोन्टेनेग्रोको सार्वजनिक प्रसारक रेडियो एण्ड टेलिभिजन अफ मोन्टेनेग्रो ९आरटीसीजी० ले एक प्रहरी सहित ६ जना घाइते भएको बताएको छ । पारिवारिक कलहका कारण मानसिकरूपले विक्षिप्त भएको आक्रमणकारीले सडकमा रहेका यात्रुहरूलाई जथाभावी गोली प्रहार गर्दा सो दुर्घटना भएको बताइएको छ । आक्रमणकारीले प्रहरी माथि आक्रमण गर्दा एक जना प्रहरीको मृत्यु भएको हो।

आरटीसीजीले अनौपचारिक स्रोतलाई उद्धृत गर्दै आक्रमणकारी करिब ३४ वर्षको भएको बताएको छ । घटनाका चार जना घाइतेलाई सेटिन्जे अस्पतालमा भर्ना गरिएको छ। यसैबीच, मोन्टेनेग्रो सरकारले यस त्रासदीपूर्ण आक्रमणको निन्दा गर्दै तीन दिने शोकको घोषणा गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend