logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेता त्यागी हुनुपर्छ तर पाखण्डी होईन : ओली

    नेता त्यागी हुनुपर्छ तर पाखण्डी होईन : ओली

    3.1K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेता आडम्बरी र पाखण्डी हुन छोडेर त्यागी भएमात्रै देश विकास हुने बताएका छन् । आइतबार काठमाडौमा ‘युवासँग केपी ओली’ कार्यक्रममा अध्यक्ष ओलीले आफूलाई वर्तमान सरकारसँग कटाक्ष गर्न मन नलागेको भन्दै वर्तमान अवस्थाले आलोचना गर्नुपरिरहेको बताए । ‘‘म कुनै सरकारलाई कटाक्ष गर्न किन चाहान्छु ? मेरो देशमा जुनसुकै सरकार बनेपनि स्वच्छ सरकार बनोस्, हरेक नेता त्यागी होस्, आडम्बरी पाखण्डी नहोस्’, उनले भने, ‘माछा खानु हुन्न भन्ने घर गएपछि किताबका पो खानुहुन्न खोला र पोखरीका खानुहुन्छ भन्ने नगरोस् ।’ त्यस्तै उनले सरकार कसैको मानपदवी बढाउन नभइ देशमा सुशासनका लागि होस् भनेर मन पोल्ने गरेको बताए ।

    ‘सेटिङमा बजेट बन्छ, करका दर व्यापारीले तोक्छन् अनि मन पोल्छ । जनता लुटिएकाले मन पोल्छ, सरकार कसैको मानपदवी बढाउन नभइ देशमा सुशासनका लागि होस् भनेर मन पोल्ने गरेको छ’, पुर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । उनले आफु प्रधानमन्त्री हुँदा देशमा कहिल्यै पैसा छैन भनेको सुन्नुभएको छ भन्दै युवाहरुलाई प्रश्न गरे ।

    ‘म प्रधानमन्त्री हुँदा पैसा छैन भनेको कहिल्यै सुन्नुभयो ? यता पनि पैसा छ, उता पनि पैसा छ । हुलाकी राजमार्ग बन्छ पैसा छ । धरहरा बन्छ पैसा छ । रानीपोखरी बन्छ पैसा छ, दरवार हाइस्कुल बन्छ पैसा छ । आर्मीको हेडक्वाटर बन्छ पैसा छ’, उनले ३९६ वटा अस्पताल आफूले एकै ठाउँबाट शिलान्यास गरेको र बजेट छुट्याए पनि अहिले पैसा नै नभएर केही काम नभएको बताए ।

    ‘अहिले सवै पैसा कटेको छ, केही विकास गर्न पैसा छैन । बाटो बनाउने, पुल बनाउने पैसा छैन । ठेकेदारलाई भुक्तानी दिने पैसा छैन । पैसा जान्छ कहाँ ?’पैसा कहाँ गयो र अलच्छिन कहाँबाट पस्यो भन्नेमा आफूलाई चिन्ता लागेको बताए । ‘पैसा कसरी हरायो ? अलच्छिन कहाँबाट पस्यो ?’, सरकारलाई आलोचना गर्ने रुची नभएको भन्दै ओलीले भने, ‘एमालेको भन्दा राम्रो काम गरोस, विकास होस् जनताले दुख नपाउन् भन्नेमात्र हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend