logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विर्सजन गर्न माग

    स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विर्सजन गर्न माग

    3.4K
    Shares
    स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विर्सजन गर्न माग

     

    काठमाडौं । प्रतिनिधि सभा सदस्य भूमीप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विर्सजन गर्न माग गरेका छन् । आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले गरेका प्रतिवद्धता र सम्झौताहरुको बेवास्ता गर्दै जर्बजस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोजिएको बताए ।

    उनले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणको लागि फोहोर गाडीहरु सफाई गरेर फिर्ता गर्नुपर्ने स्थानीयको माग सम्बोधन हुनुपर्ने बताए । उनले भने– ‘धादिङ र नुवाकोट जिल्लाको सीमाना धादिङ धुनिवेशी नगरपालिका वडा नं. १ मा निर्माण भएको बञ्चरे ल्याण्डफिल साइट सञ्चालनमा ल्याउने क्रममा गम्भिर विवाद उत्पन्न भइ अवरोध सिर्जना भएको छ ।

    सिलडोल भरिएर अस्तव्यस्त भइसकेपछि बञ्चरे सञ्चालनमा आउनु अनिवार्य थियो । तर सरकारको तर्फबाट सञ्चालनमा आउनुपूर्व नै आफूले कबुल गरेका प्रतिवद्धता र सम्झौताहरुको वेवास्ता गर्दै जबर्जस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोज्नुले स्थानीयवासी आक्रोशित हुनु स्वभाविक हो । प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणको लागि फोहोर गाडीहरु सफाई गरेर फिर्ता गर्ने लगायत स्थानीय बासिन्दाहरुको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरुलाई तत्काल सम्बोधन गरेर मात्रै फोहोर विसर्जन गर्न जोडदार माग गर्दछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend