logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मेयर साहलाई फाहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न योगेश भट्टराईको सुझाव

    मेयर साहलाई फाहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न योगेश भट्टराईको सुझाव

    2.8K
    Shares
    मेयर साहलाई फाहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न योगेश भट्टराईको सुझाव

    काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गरे । उनले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई फाहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिए ।

    उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रश्तावसहित एमालेसँग सम्वादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गरे । उनले भने– ‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ । आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरु बेखबर छन् ।

    त्यस्तै झाडापखाला, हैजा लगायत काठमाडौंको फोहोरले काठमाडौंलाई डुङ्डुङ्ती गन्हाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारको हुत्ति पनि छैन । त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिन आज । म काठमाडौंका मेयर बालेन साहलाई भन्न चाहन्छु, आउनुहोस् ठोस प्रश्तावसहित नेकपा(एमाले)सँग त्यो भिजन छ । दृष्टिकोण छ । नेकपा(एमाले) पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ । यदि तपाई सरकारको भर पर्नुभयो भने तपाई असफल हुने निश्चित छ । काठमाडौंको बर्बादिन हुनेछ । सांस्कृतिक शहर काठमाडौंलाई सबै मिलेर रक्षा गरौँ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend