logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • युवालाई उम्मेदवार बनाएर देखाउन अन्य राजनीतिक दललाई ओलीको चुनौती

    युवालाई उम्मेदवार बनाएर देखाउन अन्य राजनीतिक दललाई ओलीको चुनौती

    3.6K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन् । आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले कहिले जातका नाममा, कहिले भुगोलका नाममा नेपालीलाई भिडाउन खोजिएको बताए । उनले अहिलेको नेपाली समाजलाई स्वस्थ प्रतिस्पर्धातीर जानुपर्ने बताए । अध्यक्ष ओलीले जातको पहिचान खोज्ने नभइ सबै नेपालीले नोपली पहिचान खोज्न आवश्यक रहेको सुनाए । उनले जातको पहिचानको नाममा एकले अर्कोलाई घृणा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए । अध्यक्ष ओलीले नेपालीलाई अनेक प्रकारका जातियताका नाममा विभाजन गर्न खोजिएको बताए ।

    आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको बताए । उनले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पती मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताए । घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था नरहेको बताए । उनले यो सबै आफ्नो कर्म देशका लागि समर्पित रहेकोले देशकै लागि सम्पती दान गरेको बताए । अध्यक्ष ओलीले आफ्नो समर्पण सक्रिया किसिमको रहेको बताए । उनले देशको विकासका लागि काम गर्दा विरोधीहरुले काम गर्न नदिएको भन्दै देश विकास र समृद्ध बनाउने अभियानमा अघि बढीरहने प्रतिवद्धता जनाए । उनले कुनैपनि युवाभन्दा आफू सक्रियतामा कम नरहेको दाबी गरे ।

    अध्यक्ष ओलीले राजनीतिक दलले युवालाई महत्व नदिएको भन्ने कुरामा सत्यता नरहेको जिकिर गरे । उनले नेकपा एमालेले काठमाडौं महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन समेत चुनौती दिए । अध्यक्ष ओलीले आफ्ना नयाँ युक्तिहरुलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताए । देशमा हिंसा सिर्जना भएका कारण युवाहरु परिवार पाल्न विदेश जानुपरेकोमा दुःख व्यक्त गरे । यो क्रम माओवादी जनयुद्ध सुरु भएपछि युवाहरु विदेश पलायन भइरहेको उनको भनाई छ । उनले विदेश पलायन हुने युवाको अवस्था भयावह रहेको जिकिर गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend