सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहर काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लाग्योः हर्क साम्पाङ

प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहर काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लाग्योः हर्क साम्पाङ

 

काठमाडौं ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् । मेयर साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहर काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका हुन् ।

ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ ।

जसलाई लक्षित गर्दै मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend