logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विदेश पठाइदिने लोभ देखाएर रु २२ लाख ठगी, दुई जना पक्राउ

    विदेश पठाइदिने लोभ देखाएर रु २२ लाख ठगी, दुई जना पक्राउ

    4K
    Shares
    विदेश पठाइदिने लोभ देखाएर रु २२ लाख ठगी, दुई जना पक्राउ

    काठमाडौं । बेलायत र दुबई पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिले रु २२ लाखभन्दा बढी ठगी गरेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्न रहेको आरोपमा आज दुई जनालाई पक्राउ गरेको छ ।

    बेलायत पठाइदिने लोभ देखाएर रु १५ लाख ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२९ सामाखुसी बस्ने इलामका ३७ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले पाँच जनालाई सिजनल भिसामा बेलायत जानका लागि प्रतिव्यक्ति रु नौ लाख लाग्ने र त्यहाँको कम्पनीमा रु चार लाख तलब हुन्छ भनी लोभ देखाएर पाँच जनाबाट प्रतिव्यक्ति रु तीन लाख ठगी गरेको खुल्न आएको छ ।

    त्यसपछि फरार रहेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सिनामङ्गलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।

    यता दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौँको टोखा बस्ने सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–७ खाडीचौरका २७ वर्षीय अविनाश कार्कीलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ ।

    वर्किङ भिसामा दुबई जानका लागि रु सात लाख ५० हजार लाग्ने र त्यहाँ मासिक रु एक लाखसम्म तलब हुने भनी रु सात लाख ५० हजार लिई उनी फरार भएका थिए । उनलाई पनि सोही कार्यालयबाट खटिएको प्रहरीले आज गोङ्गबुबाट पक्राउ गरी थप कारबाहीका लागि विभागमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend