logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राष्ट्रपति भण्डारी आज पोखरा आउने भएपछि पोखराको सुरक्षा व्यवस्था कडा

    राष्ट्रपति भण्डारी आज पोखरा आउने भएपछि पोखराको सुरक्षा व्यवस्था कडा

    1.9K
    Shares

    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुग्ने छिन् । पोखरा ओर्लेपछि भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् । आज उनी ग्राण्डमै बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

    राष्ट्रपति भण्डारी मंगलबार बिहान विन्ध्यवासिनी मन्दिरको दर्शन गर्नेछिन् । त्यसपछि उनी विन्ध्यवासिनी माविको हिरक जयन्तीमा सहभागी हुने प्रजिअ आचार्यले बताए । मंगलबार दिउँसो उनी गुरुङहरुको विशेष चाड ट्योंटेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने छिन् । कार्यक्रमलाई सम्वोधन गरेर राष्ट्रपति भण्डारी मंगलबार अपराह्न ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ ।

    राष्ट्रपति भण्डारी पोखरा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ आचार्यले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधयेक प्रमाणीकरण नगरी फिर्ता गरेपछि उनीविरुद्ध प्रदर्शन हुन सक्ने भन्दै विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend