बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

फोहोरको विषयमा राजनीति गर्नेलाई कारबाही गरौँ, महानगरलाई सहयोग गर्नु सबैको कर्तव्य होः महामन्त्री थापा

फोहोरको विषयमा राजनीति गर्नेलाई कारबाही गरौँ, महानगरलाई सहयोग गर्नु सबैको कर्तव्य होः महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो फोहोरको विषयमा राजनीति गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका छन् । उनले तत्कालको स्वार्थका लागि फोहोरको विषयमा राजनीति गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

आज ललितपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काठमाडौँका सांसदसमेत रहेका थापाले फोहोरको समस्या समाधान गर्न काठमाडौँ महानगरलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताए ।

उनले भने, ‘काठमाडौँको फोहोरको समस्या समाधान गर्नका लागि सबै सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । कसैले तत्कालको फाइदाको लागि असहयोग गर्छ वा राजनीति गर्न खोज्छ भने त्यो मान्छेलाई सार्वजनिक गर्नुपर्छ । जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्नुपर्छ ।’

थापाले फोहोरको समस्या समाधान गर्नका लागि सबैजना पहिले एक ठाउँमा आएर छलफल गर्नुपर्ने पनि बताए । यसका लागि संघको सहरी विकास मन्त्रालयले पहल गर्नुपर्ने उनको भनाई थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend