बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

राजनीतिक परिवर्तनको निम्ति धेरै संघर्ष गर्यौँ, अब देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउछौँः अध्यक्ष प्रचण्ड

राजनीतिक परिवर्तनको निम्ति धेरै संघर्ष गर्यौँ, अब देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउछौँः अध्यक्ष प्रचण्ड

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनु आवश्यक रहेको बताएका हुन् ।

उनले नेपालको विकासको स्वरुप आफ्नै प्रकारको हुनुपर्ने बताए । नेपाली मोडेलले नै देशको विकास हुनुपर्ने भन्दै देशको इतिहास, भुगोल, संस्कृति र जातिय बनावट अनुकुल नेपाली स्वरुपको विकास गर्न सक्नुपर्ने बताए । अध्यक्ष दाहालले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवद्र्धन गर्ने र आयात प्रतिस्थापन गर्ने लगायतका काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने– ‘हामीले राजनीतिक परिवर्तनको निम्ति धेरै संघर्ष ग¥यौँ । अब देशको स्थायित्व र विकासको निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक छ । मैले गर्ने संकल्प पनि अब एकचोटी फेरि देशको आर्थिक समृद्धिको निम्ति नेपाली जनताले चाहे अनुसार विकासको एउटा नयाँ मोडेलको विकास गर्नकै निम्ति आफूलाई समर्पित गर्ने मैले प्रतिवद्धता व्यक्त गर्दै आएको छु र आज तपाईहरुको यो कार्यक्रममार्फत पनि त्यो व्यक्त गर्न चाहन्छु । नेपालको विकासको मोडेल नेपालको जस्तै हुनुपर्दछ । विगतमा कतिपयले सिंगापुरजस्तो, स्वीट्जरल्याण्डजस्तो, जापानजस्तो इत्यादी भन्नेपनि गरेका छौँ ।

तर अहिले सबैतिरको स्थिति हेर्दा हामीले नेपालको विकास नेपाली मोडेलकै हुनुपर्दछ । हाम्रो इतिहास, भुगोल, संस्कृति, हाम्रो जातिय बनोट अनुसार नै त्यसैको अनुकुल नेपाली मोडेलको विकास हामीले गर्न सक्नुपर्दछ । र त्यो विकासको वातावरण बनाउनको निम्ति हामीले भनेका छौँ उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवद्र्धन गर्ने, आयात प्रतिस्थापन गर्ने, त्यस्ता उत्पादन कार्य भनेका छौँ भने साथसाथै त्यो उत्पादन कार्यलाई अगाडी बढाएर राष्ट्रलाई समृद्ध बनाउनको निम्ति संस्कृतिको, कलाको, पत्रकारिताको वा विभिन्न क्षेत्रमा कार्यरत सबै श्रष्टाहरुको निकै ठूलो भुमिका छ । किनकी भौतिक विकासले मात्रै पनि मानिसहरुको जिवन र समाज सुमधुर हुन सक्दैन ।’

उनले मानिसहरुको जीवन सरल र सहज बनाउनको निम्ति कला र संस्कृतिको ठूलो भुमिका हुने बताए । कला र संस्कृतिले मानिसलाई सफल जीवन जिउनका लागि प्रेरणा दिने उनको भनाई छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend