logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडामा ठुलो संख्यामा प्रहरी परिचालन

    फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडामा ठुलो संख्यामा प्रहरी परिचालन

    6K
    Shares

    काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् ।

    आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका थिए । उनीहरुलाई नेकपा एमाले र राप्रपाका नेताले पनि साथ दिएका स्थानीय वासिन्दाले बताएका छन् ।

    राजनीतिक दलहरुको अवरोधका कारण सोमबार बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाल्न पाएका छैनन् । आइतबार गएका २५ वटा गाडीले मात्र फोहोर खसालेका थिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक रमेश पाण्डेले फोहोरको गाडीमा भएको अवरोध हटाउन २५० जना प्रहरी कर्मचारी परिचालन गरिएको जानकारी दिए ।

    पाण्डेले काठमाडौं महानगरको फोहोर बोक्ने गाडी र अन्य उपकरण तोडफोड गर्नेहरुलाई खोजी गरिरहेको बताएका छन् । बञ्चरेडाँडाका स्थानीय दिलिप तामाङका अनुसार अहिले आन्दोलनकारीहरुलाई प्रहरीले चारैतिरबाट घेरा हालेको छ । ‘१५–२० गाडी प्रहरी आएका छन् । तलबाट अरु गाडीमा पनि प्रहरी आउँदैछन् । यहाँ आन्दोलन गर्नेहरुलाई चारैतिरबाट घेरा हालेको छ । सडकभरि प्रहरीको लाइन लागेको छ । यहाँका जनता आतंकित भएका छन्’, उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend