काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमवार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसदमा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरे ।
पछिल्लो समय संसदमा हाजिर गरेर सांसदरु बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ । आईतवार मात्रै बसेको प्रतिनिधि सभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदको गणपूरक संख्या नपुग्दा मंगलवारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो । उनले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरु अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरु प्रमाणीकरण र पास गर्न संसदलाई अफ्ठ्यारो भइरहेको बताए । उनले संसदमा विधेयक पास गर्नको लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरु बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरु जिम्मेवार र गम्भीर हुनुपर्ने बताए ।
सभामुख सापकोटाले समितिमा दोहोरोपन देखिएको पयिन जिकिर गरे । उनले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दापनि देशको धरातललाई बुझेर निर्णय भएका हो वा होइनन् भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने बताए । उनले देशको धरातलीय यथार्थअनुकुल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको बताए ।
सरकारलाई समितिले आफ्ना निर्देशन लागू गर्न बाध्य पार्ने कुरा भनेको धरातलीय यथार्थ बुझेर जनहीतमुखी निर्देशन हुनुपर्ने बताए । सभाुमख सापकोटाले सरकार उदियमान व्यवस्थापिकाको पक्षमा रहेको बताए । उनले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताए । सभामुख सापकोटाले अहिले विश्वव्यापी रुपमा अभिभावक खाँचो भएको जस्तो महशुस भएको बताए । उनले अरुले बनाएको विश्व दृष्टिकोणबाट राष्ट्रिय दृष्टिकोण बनाउँला भनेर बस्ने छुट नरहेको भन्दै आफैँले विश्व दृष्टिकोण निर्माण गर्नुपर्ने बताए ।
सभामुख सापकोटाले खोज, अनुसन्धान गरेर प्रभावकारी बनाएका कारण अमेरिका स्वीडेन, जर्मनीका समितिहरु धेरै शक्तिशाली रहेको बताए । उनले त्यहाँका समितिहरु कानून निर्माणमा असाधारण खोज, अनुसन्धान गरेका कारण शक्तिशाली भएको बताए । सभामुख सापकोटाले नेपालमा खोज, अनुसन्धान आवश्यक ध्यान नपुगेको बताए । उनले तथ्यांकहरुको महत्व नबुझ्दा गत वर्ष मेलम्ची र मनाङका विपद्जन्य घटना न्यूनिकरण गर्न नसकेको बताए ।
उनले अहिले संसदमा तथ्यांक विधेयकहरु पास भइरहेको उन्दै तथ्यांकलाई समयमै बुझेर तथ्यांक संकलन गर्न आवश्यक रहेको बर्ताए । सभाुमख सापकोटाले सरकारले बनाएका कानूनको सही कार्यान्वयन भए÷नभएको मूल्यांकन हुनु जरुरी रहेको बताए ।