शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

एनएमबी हाइब्रिड फण्ड र एनएमबी फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबी हाइब्रिड फण्ड र एनएमबी फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । एनएमबी म्युचुअल फण्डअन्तर्गत एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबी हाइब्रिड फण्ड एल–१ र एनएमबी फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

दुवै फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाइ धनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ।

योजनाको लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् श्रावण ३१ गते बुक क्लोज गरिँदै छ। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांशको लागि हकदार हुनेछन्।

एनएमबी क्याटिलद्वारा प्रवर्द्धित म्युचूअल फण्ड स्किमहरुको लाभांश इतिहास निम्नानुसार रहेको छ।

एनएमबी  हाइब्रिड फण्ड एल – १ एनएमबी ५०
आ.व प्रतिशत (%) आ.व प्रतिशत (%)
०७५/७६ १०.००% ०७६/७७ ५.००%
०७६/७७ ८.००% ०७७/७८ ३०.००%
०७७/७८ २०.००% ०७८/७९ २१.०५%
०७८/७९ २१.०५%

यसैबीच, एनएमबी क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ २०७९ श्रावण २६ गते देखि निष्काशन भइरहेको छ।

सो योजनाको निष्काशन छिट्टोमा श्रावण ३१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend